Wednesday, May 13, 2015

बुधबार बिहान मात्रै तीन वटा भूकम्प

काठमाडौं, वैशाख ३० – बुधबार बिहान मात्रै तीन वटा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान दुई बजेर सात मिनेट जाँदा काठमाडौं केन्द्र बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्पको धक्का गएको छ ।
यस्तै बिहान तीन बजेर १० मिनेट जाँदा धादिङ केन्द्र बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यस्तै बिहान ४ बजेर ३८ मिनेट जाँदा दोलखा केन्द्र बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । मंगलबार दिउँसो १२ बजेर ५० मिनेट जाँदा ७ दशमलव ३ रेक्टरको भूकम्प गएपछि साना भूकम्पका धक्काहरु गैरहेका छन् ।

No comments :